५ प्रतिशत व्याजमै दिपलको इभी, नेपाल इन्भेष्टमेन्ट बैंकबाट कर्जा सुविधा

काठमाडौं । दीपलको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले दीपलका गाडीमा नयाँ वर्षको अफर ल्याएको छ । कम्पनीले ल्याएको न्यू इयर अफरमा ४.९९ प्रतिशत निश्चित ब्याजदरमै गाडी किन्न कर्जा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा ल्याएको यस स्कीमले दीपलका मोर्डन डिजाइनमा तयार भएका गाडी किन्न सहज हुने छ । नयाँ वर्ष २०२५ को अवसर पारेर ल्याएको ‘न्यु इयर, न्यु दिपल’ योजनामा गाडी किन्ने ग्राहकले निकै कम ब्याजदरको फाइदा पाउने छन् । यस योजनामा ग्राहकले ४।९९ प्रतिशत निश्चित ब्याजदर बाहेक पनि थुप्रै सुविधा पाउने छन्।

कम्पनीले निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्स प्रदान गर्ने जनाएको छ । साथै, पुराना गाडी ल्याएर नयाँ दीपलका गाडी सट्टापट्टा गर्दा उत्कृष्ट एक्सचेन्ज भ्यालु पाउने कम्पनीको भनाइ छ ।

दीपलले बिक्री गर्दै आएको एस–०७ र एल–०७ मा १५ भन्दा बढी सेग्मेन्ट फस्ट फिचरहरु छन् । जसले दीपल ईभीलाई बजारकै सबैभन्दा बढी रुचाइएको मोडल बनाएको छ ।

यसमा सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरु छन् । दीपलको क्रान्तिकारी डिजाइन र अत्याधुनिक प्रविधिका कारण यसले नेपाली बजारमा ७ सय यूनिटको आयात आँकडा भेट्टाएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्राइज बैंकको २४ औँ वार्षिक साधारणसभा

काठमाडौँ । लक्ष्मी सन्राइज बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । …

प्रतिकृया दिनुहॊस