नेशनल इन्स्योरेन्स कम्पनीको नाफा १ करोड ७० लाख

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७० लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ ।

विमा कम्पनीको यस्तो नाफा अघिल्लो आवको सोही अवधिमा ६८ करोड ऋणात्मक रहेको कम्पनीले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

चुक्ता पुँजीमा शून्य रकम देखाएको छ। त्यस्तैगरी जगेडा कोषमा ३८ करोड पनि ऋणत्मक छ। बीमा कोषमा ९९ करोड ८३ लाख राखेको छ ।

गत त्रैमाससम्ममा खुँद बीमाशुल्क आर्जन २६ करोड ७५ लाख, पूर्नबीमा कमिशन आय १८ हजार, लगानी कर्जा तथा अन्य आय ३ करोड ३१ लाख रहेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गरेका छन् । अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएको तर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका हुन् ।

प्रतिकृया दिनुहॊस