काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्रीमा झर्‍यो

काठमाडाैं । बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

‘२ मंसिरमा काठमाडौंको तापक्रम ६ डिग्रीमा झरेको थियो,’ नगरकोटीले भनिन्, ‘त्यसयता वढेको तापक्रम बिहीबार यो वर्षकै कम ५ दशमलव ६ डिग्री मापन गरिएकाे छ ।’ मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतीय भूमि हुँदै भित्रिएको पश्चिमी वायूको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश भागमा तापक्रम घटेको छ ।

युरोपेली वायु टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान र भारतको हिमाली भेगहुँदै नेपाल भित्रिँदा नेपालमा चिसो वढेको मौसमविद्ले बताएका छन् । जुम्लाको तापक्रम बुधबार माइनस ४ डिग्री मापन गरिएको छ । पश्चिमी वायुको प्रभावले बुधबार दिनभरी मौसम बदली भएको थियो ।

आज पहाडी भूभागको मौसम बदली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ । चिसो वढेकाले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री ओलीद्वारा हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख …

प्रतिकृया दिनुहॊस