नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः अभिनेता कृष्ण मल्ल

काठमाडौं । नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल फिल्म सोसाइटीको १२औं साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।

काभ्रे पलाञ्चोकको बल्थलीस्थित थुम्की रिसोर्टमा भएको साधारणसभा धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साधारणसभामा अभिनेत्री बसुन्धरा भुसाल, गायक प्रेमराजा महत, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, अभिनेत्री करिश्मा मानन्धरलगायत उपस्थित रहनुभएको थियो ।

अध्यक्षमा निवार्चित भएपछि अध्यक्ष मल्लले नेपाली कलाकारिताको विकासमा आफू कटिबद्ध भई लागि पर्ने र नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अमेरिका र बेलायतमा समेत शाखा रहेका सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान तथा तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित हुनुभएको छ भने महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल, कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ, सह-कोषाध्यक्षमा दुर्गा बिशुराल तथा सदस्यहरूमा सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन हुनुभएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हरिभक्त बुढाथोकीको ‘बुढेसकाल’

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, …

प्रतिकृया दिनुहॊस