ज्योति विकास बैंकले खोल्यो कैलाली र कञ्चनपुरमा नयाँ शाखा

काठमाडौं । ज्योति विकास बैंकले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । कैलारी गाउँपालिका वडा नं १ हसुलिया कैलाली शाखाको उदघाटन गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उदघाटन गरेका छन् ।यसैगरी भीमदत्त नगरपालिका वडा नं ४ महेन्द्रनगर कञ्चनपुर शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक धनगढि शाखाका निर्देशक किरण पण्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले गरेका छन् । हाल बैंकले ८० वटा शाखा तथा २२ वटा एटिएएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ । बैंकले चालु आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम सञ्चालनमा ल्याउने पनि जनाएको छ ।

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १८ अर्ब ५० करोड रुपैयाँ धेरै लगानी गरेको जनाएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड छ । हाम्रो विकास बैंक प्राप्ती गरी छिट्टै एकीकृत कारोबार सुरु गर्ने तयारीमा रहेको बैंकको त्यसपछिको चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बुधबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । तिहार पछिको दोश्रो कारोबार दिन बुधबार पहेलो धातु सुनको मूल्य बढेको छ । …

प्रतिकृया दिनुहॊस