निगमको बोइङ ३८ दिनदेखि मलेसियामा अलपत्र

काठमाडाैं । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ।

निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन एक्सरे गराउन कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले उडाएर काठमाडौंबाट क्वाललमपुर पुर्‍याएका थिए। ‘दुई दिनमा मर्मत सकेर काठमाडौं ल्याइने भनिएको थियो,’ स्रोतले भन्यो, ‘व्यवस्थापनको बेलैमा निर्णय नगर्दा डेढ महिना भइसक्यो जहाज फर्किएन।’ यो खबर कान्तिपुरले छापेको छ।

क्लालामपुरस्थित निगमको विमान मर्मत गर्ने जिम्मा लिएको डेभिएसन कम्पनीले इन्जिन एक्सरे गर्दा थप प्राविधिक गडबडी देखाएको स्रोतले बतायो। त्यो विमानको इन्जिनमा हुने सी डक्ट उपकरण नै इन्जिनियरले फेर्नुपर्ने सुझाव दिएका थिए। बोइङ कम्पनीका इन्जिनियरले पनि मलेसियन प्राविधिककै सुझावअनुसार विमान मर्मत गर्नुपर्ने भनेको छ।

उक्त उपकरणको २ लाख डलर हाराहारी (२ करोड २५ लाख रुपैयाँ) लागत पर्ने भनिएको थियो। ठूलै रकम आवश्यक पर्ने भएपछि काठमाडौंस्थित निगम व्यवस्थापनले निर्णय लिन सकेन। ‘हामीसँग रकम पनि उपलब्ध भएन, अर्को कुरा त्यो उपकरण फेर्ने कि नफर्नेबारे बेलैमा निर्णय पनि दिन सकिएन,’ स्रोतले भन्यो, ‘बेलैमा व्यवस्थापकीय निर्णय दिन नसक्दा जहाज उता थन्किएको छ। पार्किङ चार्जको बिल दैनिक निगमको थाप्लोमा बढेको बढ्यै छ।’

निगमले ३० वर्ष पहिले दुइटा बोइङ विमान खरिद गरेको थियो। यीमध्ये कर्णाली नाम दिइएको एउटा पुरानो बोइङ बीबी एयरवेजले एक वर्षअघि लिलामी प्रक्रियामार्फत खरिद गरिसकेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलबाट स्पिकरमा लुकाइएको साढे पाँच किलो बढी सुन बरामद

काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परेका छन्।मंगलबार …

प्रतिकृया दिनुहॊस