चुनाव जिताउन रास्वपाले तोक्यो प्रदेश ‘कमाण्डर’, को कहाँ ?

काठमाडौं – आगामी मंसिर १६ गते देशभर स्थानीय तह उपनिर्वाचन हुने भएपछि राजनीतिक दलहरु तयारीमा जुटेका छन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि स्थानीय तह उपनिर्वाचनका लागि सात वटै प्रदेशमा नेताहरूलाई पठाएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार बसेको बैठकले निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाउने निर्णय गरेको हो । बैठकले कोशी प्रदेशमा निशा डाँगीलाई चुनावी कमाण्डर तोकेको छ । मधेस प्रदेशमा डा.चन्दा कार्की चुनावी कमाण्डर तोकिँदा बागमती प्रदेशमा शिशिर खनाल,गण्डकी प्रदेशमा विन्दवासिनी कंसाकारलाई चुनावी कमाण्डर बनाइएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा कुसुम महर्जन, कर्णाली प्रदेशमा लिमा अधिकारी र सुदूरपश्चिम प्रदेशमा विष्णु कुमार श्रेष्ठलाई कमाण्डरको जिम्मेवारी दिइएको छ । पार्टीले प्राइमेरी इलेक्सन गर्ने तयारी समेत गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रुखले जोगायो २४ यात्रुको ज्यान

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-२२ शान्ति स्तुपा नजिकै बस दुर्घटना भएको छ । बिहीबार दिउँसो …

प्रतिकृया दिनुहॊस