एनसीएचएल र स्मार्ट च्वाइस टेक्नोलोजीबीच समझदारी

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) बीच समझदारी भएको छ । नेपालपे कार्ड जारी गर्न र एक्वायरका लागि पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने विषयमा दुवै पक्षबीच समझदारी भएको हो ।

समझदारीपत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्ध रूपमा स्थापना गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको दोस्रो चरण अन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम ‘नेपालपे’ र एनपीएस–नेसनल कार्ड स्वीच कार्यान्वयनका लागि आवश्यक जडान तथा परीक्षण कार्य भइरहेको छ ।

उक्त नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नका लागि एससीटीले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नति गरे पश्चात् एनपीएस एनसीएसको प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र एक्वायर गर्न सक्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुन तोलामै १५ हजारसम्म सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं । सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । भन्सार महसुल घटाउने सरकारको निर्णयले सुनको मूल्य तोलामा झण्डै १५ हजार रुपैयाँले सस्तो हुने भएको छ ।

प्रतिकृया दिनुहॊस