नेपाल बैंक र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसेज बीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नयाँ बानेश्वरमा रहेको एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसेजबिच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई र बैंकमा खाता रहेका ग्राहकहरुलाई क्लिनिक को विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको हो ।

उक्त सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसेज प्रा लि को तर्फबाट बजारीकरण प्रबन्धक सन्जीब कुमार ठाकुरले हस्ताक्षर गरेका हुन् ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले क्लिनिकबाट प्रदान गरिने आँखाको शल्यक्रिया प्रक्रिया, सानो अनुसन्धान, अप्टिकल लेन्स, फ्रेम, उपचार, जस्ता आँखा सम्बन्धिसंग सम्बन्धित स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमितिद्वारा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग शुभकामना आदानप्रदान

काठमाडौं । नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को पावन …

प्रतिकृया दिनुहॊस