एनआईसी क्यापिटलद्वारा डडेल्धुराका विद्यार्थी र सर्वसाधारणलाई शेयर शिक्षा

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘विश्व लगानीकर्ता सप्ताह, २०२४’ को अवसरमा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। क्यापिटलले यस सम्बन्धि कार्यक्रम अमरगडी ५, डडेल्धुरामा सम्पन्न गरेको जनाएको छ।

क्यापिटलले यस अवसरमा विद्यार्थी तथा विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुलाई लक्षित गरी सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्ला, अमरगडी–५, डडेल्धुरामा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरताका साथै अन्तरक्रिया कार्यक्रम मिति २०८१ साल कार्तिक ९ गते शुक्रबार सम्पन्न गरेको जनाएको छ।

कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्राथमिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोषको बारेमा जानकारी दिएका थिए।

त्यस्तै रायमाझिले दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराउदै सोही सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरेका थिए।

सोही कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्क लिमिटेडका अधिकारी किशोर भट्टले समेत सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराइरहेको सेवाहरु र उक्त सेवा के कसरी सुरक्षित रुपमा लिन सकिन्छ भन्ने लगायत पछिल्लो समय कारोवार भएका शेयर राफसाफ गर्दा आएको समस्याहरुको सम्बन्धमा जानकारी तथा छलफल गरिएको थियो ।

क्यापिटलकाअनुसार उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा विहान ११ः४५ बजेदेखि दिनको १ः१५ बजेसम्म विद्यार्थीहरुको लागि गरिएको र सो कार्यक्रममा ५५ जना भन्दा बढी युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । दोश्रो चरणमा दिनको ३ः०० बजेदेखि ४ः४५ बजेसम्म विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुको लागि गरिएकोमा उक्त कार्यक्रममा ७५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुन तोलामै १५ हजारसम्म सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं । सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । भन्सार महसुल घटाउने सरकारको निर्णयले सुनको मूल्य तोलामा झण्डै १५ हजार रुपैयाँले सस्तो हुने भएको छ ।

प्रतिकृया दिनुहॊस