दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, तीन गम्भीर घाइते

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । दाङको तुलसीपुर नजिकै राप्ती लोकमार्गमा आज बिहान बोलेरो गाडी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-३, साततले क्षेत्रमा भएको दुर्घटनामा दंगीशरण गाउँपालिका-४ का २२ वर्षीय चालक हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका-६ का १९ वर्षीय सुरेश खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दुर्घटनामा सल्यान कपुरकोट गाउँपालिका-६ निवासी ३१ वर्षीय देवा वली र उनका १३ वर्षीय छोरा महेश वली तथा १० वर्षीय छोरा जीवन वली घाइते भएका छन् । प्रारम्भिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब चुनाव एक्लै लडेर गल्ती सच्याउन चाहन्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन् । काठमाडौंमा शनिबार माओवादी केन्द्रले गरेको खबरदारी सभामा उनले विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताए ।

प्रतिकृया दिनुहॊस