फाइल फाेटाे

घरकै आगनमा मृत फेला परे पतिपत्नी, हत्याको आशंका

काठमाडाैं । कञ्चनपुरमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

लालझाडी गाउँपालिका-१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला बडायक शुक्रबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

घरकाे आगनमा दुवै जना मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक उमेश जाेशीले बताए । उनीहरूकाे शरीरमा धारिलाे हतियार प्रहार भएको देखिएकाेले हत्याकाे आशंका गरिएको छ ।

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितकाे टाेली लालझाडी पुगेकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१०० दिनका कामबारे स्वास्थ्यमन्त्री : अस्पतालहरू पहिलेभन्दा व्यवस्थित भए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी पाँच लाख पुर्‍याउने र …

प्रतिकृया दिनुहॊस