घरकै आगनमा मृत फेला परे पतिपत्नी, हत्याको आशंका

काठमाडाैं । कञ्चनपुरमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

लालझाडी गाउँपालिका-१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला बडायक शुक्रबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

घरकाे आगनमा दुवै जना मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक उमेश जाेशीले बताए । उनीहरूकाे शरीरमा धारिलाे हतियार प्रहार भएको देखिएकाेले हत्याकाे आशंका गरिएको छ ।

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितकाे टाेली लालझाडी पुगेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री