एनएमबि बैंकको नाफा १९ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा एनएमबि बैंकको नाफा १८.९४ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा एक अर्ब १४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

गत वर्षको सोही अवधिमा बैंकले ९६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको ब्याज आम्दानी भने १५.२४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ब्याज आम्दानीबाट पाँच अर्ब ९१ करोड चार लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ब्याज आम्दानीबापत ६ अर्ब ९७ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको थियो ।

बैंकले तीन महिनाको अवधिमा दुई खर्ब ४६ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई खर्ब ६ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा लगानी ६.१८ प्रतिशतले र निक्षेप संकलन १० प्रतिशतले वृद्धि भएको हो ।

बैंकको सञ्चालन मुनाफा २६.५३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी बैंकको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ९७ पैसा बढेर २४ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

बैंकको खराब कर्जा भने ०.७९ प्रतिशत विन्दुले बढेको छ । गत वर्षको असोज मसान्तसम्म बैंकको खराब कर्जा २.८४ प्रतिशत थियो भने चालु वर्षको सोही अवधिमा ३.६३ प्रतिशत छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

४२० प्रतिशतले नाफा बढाएको लक्ष्मी सन्‌राइज बैंकको खराब कर्जा ५.४४ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी सन्‌राइज बैंकको नाफामा ४२०.५३ प्रतिशतले वृद्धि भएको …

प्रतिकृया दिनुहॊस