नेपाल अभ्यास खेलमा अमेरिका ‘ए’सँग पराजित

काठमाडौं । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ए टिमसँगको अभ्यास खेलमा पराजित भएको छ । गएराती सम्पन्न अभ्यास खेलमा अमेरिका ए ले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

पहिला ब्याटिंग गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो । जवाफमा अमेरिका ए ले ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्दै ४ विकेटले खेल जितेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजवंशीले १/१ विकेट लिएका थिए । नेपालका कुशल मल्लले १८ रन बनाएका थिए ।

यस अभ्यास खेलमा लिग-२ को खेल अघि अमेरिका ए, नेपाल र स्कटल्याण्ड खेलिरहेका छन् । आज अभ्यास खेल अन्तर्गत अमेरिका ए र स्कटल्याण्ड खेल्दै छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले गर्‍यो अमेरिकाविरुद्धको सिरिज ‘क्लिन स्वीप’

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरज ‘क्लिन स्वीप’ गरेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस