सोमबार पनि ओरालो लाग्यो शेयरबजार

काठमाडौं । साताको दोस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ५७.९९ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक २६ सय ३९.९२ को बिन्दुमा ओर्लिएको हो ।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका ३१९ कम्पनी मध्ये २३ वाटको मात्रै मूल्य बढेको छ भने बाँकि सबैको मूल्य घटेको छ । आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, कुमारी बैंक, गुडविल फाइनान्स र नेपाल फाइनान्स रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘पठाओ कार रेन्टल’ सुरु, ट्याक्सी बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने

काठमाडौँ । पठाओ नेपालले आफ्नो नयाँ सुविधा ‘पठाओ कार रेन्टल’ सुरु गरेको छ । यस …

प्रतिकृया दिनुहॊस