समयमा उपचार नपाउँदा अछाममा सुत्केरीको मृत्यु

काठमाडौं । अछाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–६ कि २९ वर्षीया सरिता देवी जैसीको उच्च रक्तस्रावका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

गए राति करिब १२ बजे उनलाई सुत्केरी बेथा लागेको थियो । परिवारका सदस्यहरूले स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा उनले बाटोमा नै बच्चा जन्माएकी थिइन् । बीच बाटोमा सुत्केरी हुँदा नै जैसीको उच्च रक्तस्राव भइसकेको थियो ।

त्यसलगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याएको थियो । तर, स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो ।

सुत्केरी भएको करिब ७ घण्टासम्म पनि उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोला पहिरोमा ज्यान गुमाएका ३५ जनाकै पहिचान खुल्यो (नामसहित)

काठमाडौं – त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको पहिचान खुलेको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds