न् २०२६ लागि डीभीको आवेदन खुल्यो

काठमाडाैं । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने इलेक्ट्रोनिक डाइभार्सीटी भिसा (ईडिभी चिट्ठा) को लागि आबेदन बुधबार रातिदेखि खुला भएको छ ।

इच्छुकले अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर आबेदन दिन सक्नेछन । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ ।

एक जना व्यक्तिले एक भन्दा बढी आबेदन दिएमा आबेदन अयोग्य ठहरिनेछ। आफ्ना २१ वर्ष मुनिका परिवारका सबै सदस्यको विवरण पनि स्पष्टसंग खुलाउनुपर्ने बताइएको छ ।

विगतका वर्षहरुमा जस्तै यस पटक पनि डिभी भर्नका लागि राहदानी अनिवार्य गरिएको छैन । तर फारम भर्न हालसालै खिचेको फोटो अनिवार्य गरिएको अमेरिकी दुतावासले जनाएको छ । कात्तिक २० गतेसम्म डिभी भर्न सकिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी पहिरो : यी सडक अझै अवरूद्ध (नामसहित)

काठमाडौं । अविरल वर्षासँगै बाढीपहिरोले देशका विभिन्न सडक अझै अवरुद्ध छन् । प्रहरी प्रधान कार्यालयले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds