हेर्नुहाेस् अाजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आइतबार रियाल, रिंगिट, दिर्हाम लयागतका विदेशी मुद्रा घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रिदर २९ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ २३  पैसा र बिक्रिदर ३० रुपैयाँ ४० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५४ पैसा र बिक्रिदर २६ रुपैयाँ ६८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रिदर ९ रुपैयाँ ९५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ०६ पैसा छ भने बिक्रिदर ३ सय ६७ रुपैयाँ ०३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ६१ पैसा र बिक्रिदर २ सय ९६ रुपैयाँ २० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस