कीर्तिमान बनाइरहेको सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ । पछिल्लो एकसातादेखि निरन्तर नयाँ रेकर्ड मूल्यमा नयाँ रेकड कायम गरेको सुनको मूल्य ओरालो लागेको हो ।

यो दिन आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार २ सय रुपैयाँ थियो ।

यो दिन चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने, कहाँ-कहाँ पाइन्छ ?

काठमाडौं । यसवर्षको दसैँका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि आजदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

प्रतिकृया दिनुहॊस