सार्वजनिक बसमा यात्रु र लुटेराबीच झोला तानातान

काठमाडाैं । एउटा यात्रुबसमा दुई युवकले एक्कासी एक महिलाको झोला ताने। चोर चोर भन्दै चिच्याउँदै झोला फुत्कन नदिन बल गर्दै थिइन् उनी। लुटेरा र महिलाबीच झोला तानातान चल्दै थियो। संयोगले बसमा सादा पोसाकका प्रहरी रहेछन्।

उनीहरुले खलासीलाई तत्काल बसको ढोका बन्द गर्न लगाए। सादा पोसाकका प्रहरी र लुटेराबीच केहीबेर घम्साघम्सी चल्यो। लुटेरा भाग्न खोज्थे, प्रहरी रोक्न। एकैछिनमा थप प्रहरी आए र ती लुटेरालाई नियन्त्रणमा लिए। यो खबर आजको नागरिक दैनिकमा दीपेश केसीले लेखेका छन्।

बिहीबार दिउँसो ललितपुरको महालक्ष्मीस्थानमा भएको घटना हो यो। चक्रपथ परिक्रममाको बस सातदोबाटोबाट कलंकीतर्फ वढ्दै गर्दा लुटेरा समूह छिरेका थिए। लुटेरा समूहले झोला बोक्ने र त्यही झोलाको छेको लगाएर यात्रुको सामान निकाल्ने गरेका प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप