क्लासिक टेकको रिफर अफर- तिमीलाई पनि मलाई पनि !

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तरगत ‘तिमीलाई पनि मलाई पनि’ अफर सार्वजनिक गरेको छ।

अब ग्राहकले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफर मार्फत इन्टरनेट प्लस आईपी टीभी जडान गर्ने दुवै जनाको हात खाली नहुने अर्थात् दुवैको एकाउन्ट मा बोनस थपिने गरि उक्त अफर सार्वजनिक गरेको जनाएको छ।

कम्पनीका अनुसार रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेट तथा आईपी टीभी र रिफर मार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिनासम्मको इन्टरनेट तथा आईपी टीभी बोनस साथै वाइफाइ ६ भएको डुवल ब्याड राउटर समेत निशुल्क पाउने छन्।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूको लागि सार्वजानिक गरेको रिफर अफर भने १२५ ए बीपीएस देखि ३०० एमबीपीएस सम्मको १ वर्षको इन्टरनेट प्लस आइपी टीभी जडान गर्दा रिफर बोनस पाउने कम्पनीले जनाएको छ।

१२५ एमबीपीएस जडान गर्दा प्रति महिना रू ३०३ र २०० एमबीपीएस जडानमा प्रति महिना रू ५९१ लाग्ने छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds