अल्टिमा अल्कालाइन ब्याट्री र साइरन टर्चको लन्चसँगै नेपालमा विस्तार भयो एभरेडी

काठमाडौं । एभरेडी इन्डस्ट्रिज इन्डिया लि. नेपालमा विस्तार भएको छ। कम्पनीले अल्टिमा अल्कालाइन ब्याट्री र साइरन टर्च लन्च गर्दै व्यवसाय विस्तार गरेको हो।

यो कम्पनी ब्याट्री र टर्चलाइट बजारको एक अग्रणी कम्पनी हो। कम्पनीले पछिल्लो समय नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन ब्याट्री तथा डीएल १०२ साइरन टर्च प्रस्तुत गरेको छ।

नयाँ अल्टिमा शृंखलाले ४०० गुणा बढी कार्यक्षमता प्रदान गर्ने एए/एएए ब्याट्रीहरु ८०० प्रतिशत लामो कार्यसम्पादन दिने अल्टिमा प्रो.का साथ प्रभावशाली शक्ति क्षमताहरु प्रदान गर्ने कम्पनीको दाबी छ।

‘खेलौनाहरु, भिडियो गेमहरु र चिकित्सकीय औजारहरु जस्ता उच्च शक्ति खपत गर्ने उपकरणहरुका लागि विशेष रुपमा डिजाइन गरिएको यी ब्याट्रीहरु अल्कालाइन प्रविधिमा एभरेडीको उत्कृष्टताको प्रमाण हुन्’, कम्पनीको दाबी छ।

यसका साथै एभरेडी डीएल १०२ साइरन टर्चलाई ब्रान्डको आवाज उठाउने शक्ति अभियानसँगै कान नसुन्ने र बोल्न नसक्नेहरुका लागि एभरेडीको उद्देश्य परिचालित आविष्कारको रुपमा प्रस्तुुत गरिएको छ।

यसमा १०० डेसिबल एसओएस अलार्म, युएसबि टाइप–बिको चार्जिङ र विभिन्न थरिका प्रकाश फ्याँक्ने विशेषताहरु रहेको कम्पनीले जनाएको छ।

कम्पनीका एसबीयू प्रमुख (ब्याट्रिज एन्ड फ्ल्यासलाइट) र वरिष्ठ उपाध्यक्ष अनिर्वान बेनर्जीले नेपालमा यी उत्पादनहरुको बिक्रीवितरण सुरु हुनुले नेपाली बजारलाई नवीन खोज, धेरै समय चल्ने शक्ति प्रवद्र्धन गर्ने अत्याधुनिक समाधानहरु र सुरक्षाका साथ सेवा प्रदान गर्ने एभरेडीको रणनीतिक विस्तार र प्रतिबद्धतालाई झल्काउने बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds