प्रतिवेदनलाई अन्तिम रूप दिँदै सहकारी संसदीय छानबिन समिति

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति प्रतिवेदनलाई अन्तिम रूप दिने तयारीमा व्यस्त रहेको छ ।

शुक्रबार बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् । शुक्रबार नै गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि प्रतिवदनलाई अन्तिम रूप दिने कार्य टुङ्ग्याउने सभापति थापाले जानकारी दिए । समितिले गृहमन्त्री लेखकसँगै गृह सचिव र प्रहरी प्रमुखलाई पनि छलफलका लागि बोलाएको उनले बताए ।

गृहमन्त्री लेखक, गृह सचिव र प्रहरी प्रमुख सहितलाई समितिमा आमन्त्रित गरी छलफल गर्न लागिएको उनले बताए । सहकारी ठगीका फरार प्रतिवादीहरूलाई स्वदेश झिकाउने विषयमा भइरहेको प्रगतिबारे समितिले ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उनले बताए । समितिको १३ साउनमा बसेको बैठकले सहकारी ठगीका फरार प्रतिवादीलाई स्वदेश झिकाउन समितिले निर्देशन दिएको थियो ।

१५ भदौमा बसेको प्रतिनिधि सभा बैठकले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन समिति गठन गर्ने निर्णय गर्दै २२ जेठमा पहिलो बैठक बसेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

काठमाडौं । हालैको बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds