बागलुङ दुर्घटना : उपाध्यक्ष, उनकी आमा र वडाध्यक्षको मृत्यु (अपडेट)

काठमाडौं । बागलुङमा भएको जीप दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, सोही गाउँपालिका वडा नम्बर– २ का वडा अध्यक्ष जसबहादुर कामी र उपाध्यक्ष बुढाको आमा गोपीमाया बुढा रहेका छन् ।

दु्र्घटनामा घाइते जीप चालक २९ वर्षीय प्रेमबहादुर पुनको भने धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । तीनै जनाको घटनास्थलमा मृत्यु भएको हाे।

शुक्रबार बिहान काठमाडौंबाट रुकुमपूर्व जाँदै गरेको रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको रा १ झ २०० नम्बरको जीप बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा दुर्घटना भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

परराष्ट्रमन्त्री राणा १३ गते चीन जाने, जापान भ्रमण स्थगित

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आगामी मंसिर १३ गते चीन जाने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलाई सहज बनाउन मन्त्री राणा प्रधानमन्त्रीभन्दा पाँच दिन अगावै उत्तरी छिमेकी मुलुकतर्फ प्रस्थान गर्न लागेकी हुन् ।

प्रतिकृया दिनुहॊस