समृद्धि फाइनान्सका ग्राहकलाई बजाजको दुई पाङ्ग्रे सवारी किन्दा छूट

काठमाडौं । समृद्धि फाइनान्सले बिब्रदर्स अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

बिहीबार भएको उक्त समझदारीपत्रअनुसार कम्पनीका खातावालाहरूले समृद्धि मोबाइल बैंकिङ वा डेबिट कार्ड मार्फत भुक्तानी गरी बजाज कम्पनीको दुई पाङ्ग्रे सवारी साधनहरू किन्दा अफर मूल्यमा १२ हजार रुपैयाँ, दुई पाङ्ग्रे सवारी साधनका पार्टपुर्जा र हेलमेटमा १२ प्रतिशत छूका साथै प्रत्येक पाँच नियमित सेवापछि एउटा नि : शुल्क सर्भिसिङको सुविधा पाउन सक्नेछन् ।

यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ। छूटसम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा प्राप्त गर्न सकिने छ।

कम्पनीले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोबार, आरटीजीएस,आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खाद्यले २१ असोजदेखि खसीबोका र च्यांग्रा बिक्री गर्ने, कति पर्ला मूल्य ?

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा एक हजार ७०० खसीबोका र …

प्रतिकृया दिनुहॊस