काठमाडौँमा १००+ पन्च ईभीको डेलिभरी

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च ईभी १ साताको अवधिमा १००+ युनिट बिक्री भएको छ । उक्त गाडी काठमाडौँमा डेलिभरी गरिसकेको कम्पनीले जनाएको छ ।

पन्च ईभीको नाडाको पहिलो दिनमै १००+ बुकिङ लिएर बिक्री सुरु भएको थियो । पन्च ईभीको बुकिङ उत्साहजनक रहेको र अब कम्पनीको जिम्मेवारी जति सक्दो छिटो, बुकिङ गर्नु भएको ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । साथै पन्च ईभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भइसकेको छ ।

टाटा पन्च ईभीको सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री