राष्ट्र बैंकले असोज १३ बाट दशैंका लागि सुकिला नोट सटही गर्ने

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यो वर्षको दशैंलाई लक्षित गर्दै अगामी असोज १३ गतेदेखि नोट सटही सुविधा खुला गर्ने भएको छ । विगतका वर्षमा नयाँ नोट दिंदै आएको केन्द्रीय बैंकले यस वर्ष सर्वसाधारणका लागि सुकिला नोट मात्रै दिने योजना बनाएको छ ।

राष्ट्र बैंकले अघिल्ला वर्षमा चाडपर्वलक्षित नयाँ नोट दिंदै आएकोमा यस पटक सुकिला नोट मात्रै दिन लागेको छ । केन्द्रीय बैंकले यसअघि दशैंमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ ०० रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो । यसपटक पनि सोही परिमाणमा सुकिला नोट वितरण गर्ने योजना रहेको स्रोतले बताएको छ ।

राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले यो वर्ष नयाँ नोट नछापेर सुकिला मात्रै वितरण गर्न लागेको हो । यतिमात्र नभएर दसैंमा टिका लगाउने क्रममा अविर र रङका कारण नोट धेरै फोहोर हुने र आयु पनि कम हुँदै जाने भएकाले यसतर्फ सजगता अपनाउन यस्तो निर्णय गरिएको उसको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds