७० लाख खर्चेर अमेरिका छिरेका भरतको हृदयाघातबाट मृत्यु

काठमाडौं । अमेरिकामा एक अर्का नेपालीको मृत्यु भएको छ । पूर्व रुकुमको भुमे-७ धर्मशालाका ३९ वर्षीय भरत रोका मगरको सोमबार मृत्यु भएको हो ।

७० लाखभन्दा बढी रकम खर्च गरेर झण्डै २ वर्ष अगाडि बिनाभिसा मेक्सिकोको सीमाक्षेत्रबाट अमेरिका पुगेका उनको हृदयाघातपछि मृत्यु भएको आफन्तले बताएका छन् ।  हृदयाघातपछि तीन दिनअगाडि अस्पतालमा भर्ना गरिएका उनलाई सोमबार दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो ।

पारिवारिक स्रोतकाअनुसार सन् २०२३ को नोभेम्बरमा एसाइलम स्वीकृत भएपछि उनी श्रीमती र छोराछोरी अमेरिका झिकाउने प्रक्रियामा थिए । तर उक्त प्रक्रिया पूरा नहुँदै रोकामगरको मृत्यु भएको छ । उनको नेपालमा रहेका उनकी श्रीमती र छोराछोरीहरू शोकमा डुबेका छन् । श्रीमती, २० वर्षीया छोरी र १५ वर्षीय छोरा दाङको घोराहीमा बस्दै आएका छन् । रोकामगर हालैमात्र बोस्टनमा बसाइसरेर काम गर्न थालेका थिए ।

परिवारले रोकामगरको अन्तिम संस्कारमा सहभागी हुने चाहना राखेकाले त्यसका लागि प्रक्रिया सुरु गर्न लागिएको र सहयोगका लागि गोफण्डमी सुरु गर्ने योजना बनाएको भरत रोकामगरका छिमेकी समेत रहेका चेतन बुढामगरले जानकारी दिए । परिवारको आर्थिक स्थिति राम्रो नभएकाले परिवारलाई सघाउन र दाहसंस्कारका लागि गोफण्डमी सुरु गर्न लागिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds