काठमाडौंमा वितरण हुने जारकाे पानीमा ‘कोलिफर्म’ भेटियाे

काठमाडौं । काठमाडौंमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ ।

काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिए । मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ दिसाजन्य पदार्थ हो ।

निरीक्षक डा. झाका अनुसार विभिन्न दस कम्पनीको जारका पानी परीक्षण गरिएकोमा एक्वा पिस, एक्वा टोखा र एक्वा त्रिदेव कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको हो । महानगरपालिकाले अनुगमनका क्रममा पानी सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रयोगशालामा पठाएको थियो । परीक्षणका क्रममा पानीमा ‘कोलिफर्म’ देखिएको हो  ।

पानीमा ‘कोलिफर्म’ को मात्रा शून्य हुनुपर्नेमा परीक्षण गरिएका जारका पानीमा प्रतिसय मिलिलिटरमा ३० देखि ८० फोकलसम्म कोलिफर्म भेटिएको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाँकेमा तीव्र गतिका दुई मोटरसाइकल ठोकिँदा दुवै चालकको मृत्यु, तीन घाइते

काठमाडौं । बाँकेको कुण्डा-नारायणपुर हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका-४ लालपुरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds