नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो । मंगलबार छापावाल सुन १ लाख ५२ हजार ४ सयका कारोबार भएकोमा आज १ हजारले बढेर तोलामा १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ सय ६५ रुपैयाँ कायम भएकोमा आज बढेर १ हजार ७ सय ८० रुपैयाँ कायम भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री