नबिल म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको लाभांश घोषणा

काठमाडौँ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा म्युचुअल फण्डले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड- २ र नबिल फ्लेक्सी क्याप फण्डले लाभांश घोषणा गरेका हुन् ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्स्ड फण्ड-२ तर्फ आठ प्रतिशत र नबिल फ्लेक्सी क्याप फण्डतर्फ पाँच प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त प्रतिफलका लागि नबिल ब्यालेन्स्ड फण्ड- २ ले आगामी असोज ११ गते र नबिल फ्लेक्सी क्याप फण्डले भदौ २६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।उक्त फन्डको कोष प्रवर्द्धकमा नबिल बैंक छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds