फाइल फाेटाे

अरिङ्गालले चिलेर अचेत बनेका युवकको मृत्यु

काठमाडाैं । अरिङ्गालको गोलाले चिलेर अचेत बनेका ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रबि रावलका अनुसार लिम्बूको उपचारका क्रममा सोमबार राति झापाको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । उनलाई चार दिन अघि आफ्नै अलैंची बगान सफा गर्ने क्रममा अरिङ्गालको गोलाले चिलेको थियो ।

अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा थप उपचारका लागि पाँचथरको फिदिम अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि बिर्तासिटी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु : दीपक मनाङ्गे

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ ‘दिपक मनाङ्गे’ ले आफूविरुद्ध मुद्दाको पूर्णपाठ आएपछि …

प्रतिकृया दिनुहॊस