फाइल फाेटाे

अरिङ्गालले चिलेर अचेत बनेका युवकको मृत्यु

काठमाडाैं । अरिङ्गालको गोलाले चिलेर अचेत बनेका ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रबि रावलका अनुसार लिम्बूको उपचारका क्रममा सोमबार राति झापाको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । उनलाई चार दिन अघि आफ्नै अलैंची बगान सफा गर्ने क्रममा अरिङ्गालको गोलाले चिलेको थियो ।

अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा थप उपचारका लागि पाँचथरको फिदिम अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि बिर्तासिटी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकियो

काठमाडौं । यात्रा इजाजत प्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ । सरकारले गत भदौ ३१ गते सूचना प्रकाशित गरी यात्रा इजाजतपत्र प्राप्त हातहतियार समेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक लैजान नपाउने जनाएको हो ।

प्रतिकृया दिनुहॊस