काठमाडाैं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट दिने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको गत भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने छ भने ५.५३ प्रतिशत कर प्रयोजनसहित नगद लाभांश दिने छ।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले लाभांश वितरण गर्नेछ।
हाल कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ छ। बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार २६८ रुपैयाँ पुग्नेछ।
यॊ पनि हेर्नुहॊस
राष्ट्र बैंकको नयाँ निर्देशिका: बचत र ऋण कारोबारलाई कडाइ, सहकारीका लागि नयाँ नियमावली
काठमाडौं । सरकारले सहकारी क्षेत्र व्यवस्थापनका लागि अध्यादेशमार्फत नयाँ कानुन लागू गरेपछि नेपाल राष्ट्र बैंकले सहकारी संस्थाको वित्तीय गतिविधिलाई व्यवस्थित गर्न नयाँ मापदण्डको मस्यौदा सार्वजनिक गरेको छ । सहकारी क्षेत्रमा देखिएको वित्तीय अपारदर्शिता र असन्तुलनलाई सम्बोधन गर्दै सोमबार राष्ट्र बैंकले “बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशिका तथा मापदण्ड” को प्रारम्भिक खाका प्रस्तुत गरेको हो ।
प्रतिकृया दिनुहॊस