काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ‘क्लब अचिभर्स इभेन्ट २०८१’ सम्पन्न गरेको छ । द सोल्टी काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतन लाल केडिया , सञ्चालक समितिका सदस्यहरू , प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई स्वीकार गरेर देशका विभिन्न ठाउँहरूबाट उपस्थित भएका क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरुलाई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स प्रति देखाएको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा पुर्याएको योगदान प्रति हार्दिक आभार व्यक्त गरे ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरू प्रति आभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने बताए । कम्पनीका डेपुटी सी ई ओ निराजन कंडेलले सफल अभिकर्ता बन्नको लागि चाहिने सीपहरू लगायतका विषयहरूमा बोलेका थिए ।
कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधुली क्लब, पृथ्वी क्लब, अग्नी क्लब र आकाश क्लब योजनाहरू प्रस्तुत गरेको थियो । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम रकमको सीमा तोकिएको थियो । उक्त सीमाको लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरू क्लबमा सहभागी हुन सफल भएका थिए । सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।
२००२ का मिस नेपाल माल्विका सुब्बा कार्यक्रम संचालिका रहेकी थिइन भने हास्य कलाकार जितु नेपाल र नेपाल आइडल सिजन ५ का विजेता करन परियारले आफ्ना प्रस्तुतिहरू पस्कँदै कार्यक्रमको माहौलमा रौनक थपेका थिए । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनको लागि बिच बिचमा नृत्यको कार्यक्रम पनि समावेश गरिएको थियो ।
प्रतिकृया दिनुहॊस