आमाद्वारा अपराध स्वीकार- ‘मसँगै लैजान्छु भनेर छोरीहरूलाई पनि विष खुवाएँ’

काठमाडाैं । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ स्थित केरा बगानभित्र मृत भेटिएका दुई बालिकाकी आमाले पनि विष सेवन गरेको पाइएको छ ।

सुन्दरहरैँचा-७ को एक केरा बगानमा अर्जुन कार्कीका छोरीहरु ३ वर्षकी अर्पणा र एक वर्षकी आइका कार्की शनिबार दिउँसो मृत भेटिएका थिए । ५ दिनपछि उनीहरुका आमा अस्मितालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

उनलाई आजै प्रहरीले सार्वजनिक गरेको छ । साेही क्रममा अस्मिताले आफ्ना दुई छोरीलाई आफूले नै मारेको स्वीकार गरेकी छिन् । `मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ,´ सार्वजनिक गर्ने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, `श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेकी हुँ ।´

छोरीहरू मरेपछि एकले अर्कोलाई अंगालो लगाइदिएर आफू भागेको अस्मिताले प्रहरीको सोधपुछका क्रममा भनेको एसपी कार्कीले जानकारी दिए । एसपी कार्कीले भने, ‘अस्वस्थ्य अवस्थामा फेला परेकोले उहाँलाई अस्पताल भर्ना गरेका थियौँ । शारीरिक रूपमा निकै कमजोर देखिएको छ ।’

धनकुटाको पाख्रिबास नगरपालिका–४, डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी दुई छोरीहरू एक वर्षीया आइका र तीन वर्षीया अर्पणा कार्की सुन्दरहरैँचाको केराबारीमा मृत फेला परेकै दिनदेखि बेपत्ता भएकी थिइन् ।

उनीहरू स्थानीय मालती टोलमा डेरा गरी बस्दथे । नजिकै घरसमेत निर्माण गरिरहेका थिए । अर्जुनले प्रहरीसमक्ष आफ्नी पत्नीले मोबाइलमा ‘तेरा छोरी मारिदिइसकेँ, म पनि मर्छु’ भनेर म्यासेज पठाएको बयान दिएका छन् । पक्राउ परेकी अस्मितालाई थुनामा राख्न चारदिनको म्याद थप भएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds