प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

काठमाडौं । अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ।

जिकर चीनको गिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो। यसै साता ह्यात रिजेन्सी काठमाडौँमा भव्य समारोहसहित जिकर ब्रान्ड सार्वजनिक गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, शारडा ग्रुपका निर्देशकद्वय प्रदीप शारडा र गौरव शारडा, र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छासहित अन्य सहभागीहरू उपस्थित थिए।

कार्यक्रममा जिकर टिमद्वारा ‘ब्रान्ड प्रिजेन्टेसन’ र जिकर नेपाल टिमद्वारा ‘प्रोडक्ट ब्रिफ’ गरिएको थियो। कार्यक्रममा ‘प्रोडक्ट भिडियो’मार्फत नयाँ जिकर एक्स एसयूभीको विस्तृत जानकारी प्रदर्शन गरिएको थियो।

मन्त्री दाहाल र शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा तथा प्रबन्धनिर्देशक सन्दीप कुमार शारडाले एसयूभी ‘जिकर एक्स’को पहिलोपटक अनावरण गरिएको थियो।

पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो सो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकको रिफर अफर- तिमीलाई पनि मलाई पनि !

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तरगत ‘तिमीलाई पनि मलाई पनि’ …

प्रतिकृया दिनुहॊस