८ घन्टापछि खुल्यो आँबुखैरेनी-मुग्लिन सडक

काठमाडौं ।  गत शुक्रबार मर्स्याङ्दी नदीमा खसेको बस निकालिएसँगै पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी-मुग्लिन सडक खुलेको छ ।

बसलाई क्रेनको सहायताले सडकमा निकालिएपछि दिउँसो सवा २ बजेदेखि सडक संचालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी एवं प्रवक्ता दीपक रायले जानकारी दिए । उनका अनुसार बसलाई अहिले सडक छेउमै राखिएको छ। अहिले दुवैतर्फ रोकिएका सवारी निर्वाध संचालन भइरहेका छन् ।

यसअघि बिहान ६ देखि १० बजेसम्म मात्र सडक बन्द गरिने सूचना जारी गरिएको थियो । निर्धारित समयमा बस निकाल्न नसकेपछि सवारी साधन लामो जाममा परेका थिए । गत शुक्रबार पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा खसेको थियो ।

दुर्घटनामा २७ भारतीयको मृत्यु भएको थियो भने १६ जना घाइतेको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मको टिकट बुक

काठमाडौं । सर्वसाधारणका लागि खुला गरिएपछि पहिलो दिन धरहरा चढ्नेहरुको भीड लाग्यो । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds