अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहल बनाउन उपसमिति

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माण स्थल छनौट तथा तयारीका लागि तीन सदस्यीय उप समिति गठन गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ति र आवश्यक तयारीका लागि भलिबल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दको संयोजकत्वमा उप समिति गठन गरेको हो ।

परिषद्का सदस्य सचिव स्तरीय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरी उपयुक्त जग्गा छनौट गरी प्राप्तिका लागि प्रारम्भिक चरणको कार्य गर्नु पर्ने छ । यस्तै जग्गा यकिन भएपछि २०८१ असोज महिना भित्र डिपीआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यादेश दिइएको छ ।

उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds