चर्चिच अभिनेत्री आशा शर्माको निधन

एजेन्सी । भारतीय टेलिचलचित्र कुमकुम भाग्यकी चर्चित अभिनेत्री आशा शर्माको निधन भएको छ । सिने एण्ड टिभी कलाकार संघले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गर्दै ८८ वर्षीया अभिनेत्रीको निधन भएको जानकारी दिएको हो ।

आशा शर्माले धेरै टिभी शो र फिल्ममा काम गरिसकेकी छिन् । उनी सन् २०२३ मा आएको फिल्म आदिपुरुषमा शबरीको भूमिकामा देखिएकी थिइन् ।

संघले आइतबार दिउँसो ३ः०१ बजे आफ्नो एक्स ह्याण्डलमा ट्वीट गर्दै आशा शर्माको निधनको जानकारी दिएको थियो । संघले नायिकाको निधनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

आशा शर्माले १३ वर्षको उमेरमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । उनी फिल्म र टिभी कार्यक्रमहरूमा आमा र हजुरआमाको भूमिका खेल्नका लागि परिचित थिइन् । उनले धर्मेन्द्र र हेमा मालिनीको फिल्म ‘दो दिशा’मा पनि काम गरेकी थिइन् । फिल्ममा प्रेम चोपडा, अरुणा इरानी र निरुपा रोय जस्ता कलाकारहरू पनि थिए।

यस बाहेक आशा शर्माले मुझे कुछ कहना है, प्यार तो होना ही था र हम तुम्हारे है सनम जस्ता फिल्ममा पनि देखिएकी थिइन् ।

आशा शर्मालाई दर्शकले सानो पर्दामा धेरै देखेका छन् । उनले मनकी आवाज प्रतिज्ञा, कुमकुम भाग्य जस्ता टिभी शोमा काम गरिसकेकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशकद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds