आज गाैरा पर्व : यस्तो छ पर्वको धार्मिक महत्त्व

काठमाडौं । सुदूरपश्चिममा सोमबार गौरा पर्व मनाइँदैछ। भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याई अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई ‘गौरापूजन’ गर्ने चलन छ।

यसअघि आइतबार बेलुकी धान, सामा, कुशलगायतका बोटबिरुवाबाट बनाइएको गौरा भगवतीको प्रतिमा धार्मिक अनुष्ठानका साथ गौराघर तथा मन्दिरमा भित्र्याइएको थियो।

बेलुकीदेखि व्रत बसेका विवाहित महिला गौरा पूजन गर्ने ठाउँमा गई घाँटीमा लगाएको धागो अर्थात् दुबधागो गौरालाई चढाउने र नयाँ धागो लगाउने गर्छन्। भाद्र शुक्ल पञ्चमीका दिन भिजाइएको मास, गहत, गहुँ, केराउ, गुराउँस गरी पाँच प्रकारका गेडागेडी अर्थात् पञ्चबिरुडाले गौरा महेश्वर अर्थात् शिवपार्वतीको पूजा गर्ने परम्परा छ। पूजा सकिसकेपछि आशीर्वादसहित सबैलाई प्रसाद बाँड्ने चलन छ।

व्रतालुले बिरुडा बाँडेर ठूलाबडाको आशिर्वाद लिने, ब्रत बसेकालाई प्रसादका रूपमा बिरुडा दिने र खाने चलन छ। भोलिपल्ट गौरा सेलाएपछि गौरा पर्व समाप्त हुन्छ। पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथन अनुसार गौरी अर्थात् पार्वतीको पूजा आराधना गरिने भएकाले यो पर्वको नाम गौरा रहेको बताइन्छ।

गौरा पर्वसँगै देउडा खेल्ने पनि सुदूरपश्चिमवासीको चलन छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राजदूत सिफारिस लम्साल र यादवविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई जना राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds