माईपेको दसैँ मेला, कारोबार गर्दा स्कुटरदेखि आईफोनसम्म जित्न सकिने

काठमाडौं । डिजिटल वालेट माईपेले दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला : चाडबाडको वहार, माईपेमा उपहारै उपहार’ अफर सार्वजनिक गरेको छ। युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको हो।

असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सक्नेछन्। माईपेबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सकिने कम्पनीले जनाएको छ। मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सक्नुहुनेछ।

त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता इयरबड, स्मार्टवाच, एनलग घडी, चाँदीको औंठी र रु १०,००० बराबरको उपहार र धेरै उपहारहरू तथा छुट कुपनहरु जित्न सक्नेछन्।

यस माईपे मेला अवधिभर प्रयोगकर्ताहरुलाई रु.७५ लाख बराबरको छुट तथा क्यासब्याक भौचरहरु प्रदान गर्ने साथै हरेक हप्ताको १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको १०० प्रतिशत नै फिर्ता दिइने पनि माईपेले जनाएको छ।

माईपेको यस योजनामा ह्वाइट फेदर ज्वेलरिज, किक लाइफस्टाइल, फरेभरयोङ, सबको पसल तथा द वाच लाउन्ज पार्टनरका रूपमा रहेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपेद्वारा ‘सुपर यात्रा’ अभियानको घोषणा : हवाई टिकेटदेखि स्मार्टवाच जित्ने अवसर

काठमाडौं । फोनपेले २ असोज “सुपर यात्रा” अभियान सुरु गरेको छ। दसैँ र तिहारमा हवाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds