फोनपेद्वारा ‘सुपर यात्रा’ अभियानको घोषणा : हवाई टिकेटदेखि स्मार्टवाच जित्ने अवसर

काठमाडौं । फोनपेले २ असोज “सुपर यात्रा” अभियान सुरु गरेको छ। दसैँ र तिहारमा हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार यो अभियानमार्फत प्रदान गरिने कम्पनीको भनाइ छ।

जसअनुसार नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा रु. ३०० क्यासब्याक प्राप्त गर्नेछन् । जबकि विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा रु. २०० क्यासब्याकको लाभ लिन सक्नेछन्।

यी क्यासब्याक प्रस्तावहरूको अतिरिक्त, फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ। जसअनुसार एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् भने हरेक हप्ता पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन् ।

“दशैं र तिहार नेपालमा प्रमुख यात्रा सिजनहरू हुन्। ‘सुपर यात्रा’ अभियान मार्फत, हामी हाम्रा ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न चाहन्छौं,” फोनपेका सीएसओ सुभोद शर्माले भने।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस