भुटानलाई हराउँदै नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पेनाल्टी सुट आउटमा नेपालका गोलकिपर जियाराथ सेखले दुई पेनाल्टी बचाएका थिए ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो ।

अब नेपालले फाइनलमा भारत र बंगलादेशको विजेतासँग खेल्ने छ । भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल सोमबार हुदै छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ब्याटिङ नचल्दा क्यानडासँग नेपालको फराकिलो हार

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडासँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न …

प्रतिकृया दिनुहॊस