दोरम्बा पहिरो : घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइयो ६ शव, चारको खोजी जारी

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गए राति गएको पहिरोमा परी मृत्यु भएका ६ जनाको शव घटनास्थमै परीक्षण गरी परिवारलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडाै‌ पठाइएको छभने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो ।

हराइरहेका अन्य चार जनाको खोजी भइरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । पहिरो एक किलोमिटर लामो भएकाले खोजतलासमा समस्या भइरहेको उनले बताए । पहिरोमा परी शैलुङ–३ की ३० वर्षीया चण्डिका श्रेष्ठ, उनका १८ महिने छोरा आयुष, सोही वडाका क्रमशः ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीया सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको ज्यान गएको थियो ।

सो वडाको लेखर्कमा ग राति परेको अविरल वर्षाका कारण खसेको पहिरोले तीनवटा घर बगाएको र एउटा घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोले वडा नं २ र ३ को सिमानामा रहेको अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पलेशालाई सरकारको सम्मान, खातामा पठायो ६५ लाख

काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ …

प्रतिकृया दिनुहॊस