प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्‍यो १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यही ७ गतेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट हालकायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश बाँड्न नेपाल बीमा प्राधिकरणसमक्ष लेखिपठाउने निर्णय गरेको हो।

प्राधिकरणले स्वीकृति दिएपछि आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिपछि वितरण गरिने कम्पनीले जनाएको छ।

प्राधिकरणले जीवन बीमा व्यवसाय गर्ने बीमकलाई तोकेको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन कम्पनीको हालकायम चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशतले हुन आउने रकमबराबरको प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यको हकप्रद सेयर जारी गर्न कम्पनीको गत वर्ष पुस २९ गतेको छैठौँ वार्षिक साधारणसभाबाट अनुमोदन गराई नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले स्वीकृति दिएको छैन।

सोसँगै आव २०७९/८०को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्न सकिने भएकाले बोनस सेयर बाँडेपछि कायम हुने ४ अर्ब ७२ करोड ५६ लाखको ७ प्रतिशत मात्र हकप्रद सेयर जारी न्यूनतम चुक्ता पुँजी कायम गर्न सकिने भएकोले र पूर्वघोषित १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पुनरवलोकन गरी ४ अर्ब ७२ करोड ५६ लाखको ७ प्रतिशत हकप्रद सेयरको लागि सैद्धान्तिक स्वीकृतिको लागि प्राधिकरणसँग स्वीकृति माग्ने निर्णय भएको कम्पनीले जनाएको छ।

प्राधिकरणले स्वीकृति दिएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराइने कम्पनीको भनाइ छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेटलाइफ नेपालद्वारा अभिकर्ता टोलीलाई सम्मान

काठमाडौं । मेटलाइफ नेपालले गत उत्कृष्ट कार्य गरेवापत कार्यरत अभिकर्ता टोलीलाई सम्मान गरेको छ । …

प्रतिकृया दिनुहॊस