रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापतिविरुद्ध झन् खरो रूपमा उत्रिएका छन् । दोस्रोपटक साधिएको स्पष्टीकरणको जवाफ फर्काउँदै मुकुलले सभापति रवि लामिछानेमाथि प्रश्न बर्साएका हुन् ।

डा. ढकालले सभापतिलाई जस्तो ठग, भ्रष्ट र अपराधी भएको आरोप लगाउँदै उनको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्ने बताएका छन् । ‘तपाईँ ठग, भ्रष्ट्राचारी र राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत साबित गर्नुहोस्,म उनले भनेका छन्, ‘तपाईँको कुकर्मको पर्दाफास गर्नु पार्टी विरुद्ध लाग्नु होइन , यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाईँ जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’

रास्वपा सभापति लामिछानेकै कारण नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको उनको तर्क छ । ‘आफू ठगी, भ्रष्ट्राचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईँ दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ ? आम पार्टी सदस्य एवं नेतागणका राजनीतिक भविष्यलाई तपाईँले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ, म त छर्लङ्गै छु र पार्टीमा तपाईँले गरेको कु-कर्मको पर्दाफास गर्न पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो,’ उनले अगाडि भनेका छन्, ‘आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ, र प्रश्न गर्नेलाई कारबाहीको डन्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ । यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ । आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन्‌ ।’

उनले ठग, भ्रष्ट र अपराधीको पञ्जाबाट पार्टीलाई जोगाउन गरिएको आफूले लडाइँ सुरु गरेका तर्क गरे । ‘पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन मैले केही कदमहरू चालेकै हो, त्यो कदमलाई तपाईँले पार्टीको हित विपरीत भन्न सरासर गलत हो,’ उनले भने, ‘यसलाई विषयान्तरको रूपमा नबुझियोस्‌ , यो त तपाईँ जस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई जोगाउन गरिएको लडाइँ हो ।’

यस्तो छ पत्र :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds