टिकापुर घटनाको ९ वर्ष पूरा : के भन्छन्- रेशम र रञ्जिता ?

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहितका ८ जना प्रहरी र एक नाबालकको मृत्यु भएको आज ९ वर्ष पूरा भएको छ । २०७२ साल भदौ ७ गते आजकै दिन सो घटना भएको थियो ।

उक्त घटनामा मुख्य दोषी रेशमलाल चौधरी भएको अदालतले ठहर गरेको थियो । उनलाई जन्म कैदको सजाय पनि सुनाइएको थियो । तर उनी अहिले राष्ट्रपतिबाट आममाफी पाएर रिहा भइसकेका छन् । सो अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलालले टीकापुर बासीका लागि आजको दिन कालो दिन भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सम्पूर्ण टीकापुरवासीका लागि कालो दिन र थारु विद्रोह भएको दिन भन्दै टिप्पणी गरे । उनले आफ्नो श्री सम्पत्ति लुटिएको र आगजनी भएको दिन भनेर सम्झिएका छन् । ‘सम्पूर्ण टीकापुर बासीका लागि कालो दिन । थारु विद्रोह भएको दिन,’ उनले भनेका छन्, ‘हाम्रो श्री सम्पत्ति लुटिएको, आगजनी भएको दिन ।’

कारागारबाट रिहाइ भएको करिब डेढ वर्ष हुँदापनि आजसम्म फूलबारी एफएमको दैलो टेक्न नसकेको उनले बताए । राजबन्दीको पीडाले नागरिक उन्मुक्ति जन्मियो, मैले त केवल अक्षरांस गरेको हुँ,’ उनले थपे, ‘छातीमा असह्य पीडा तब हुन्छ जब राजबन्दीको नाममा अरूले रजाइँ मात्रै होइन, हामीलाई नै चित्कारिए पीडा दिन थाल्छन् ।’

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि उक्त घटनालाई स्मरण गर्दै बिना प्रमाण निर्दोष थारु थुनिएको बताएकी छन् । ‘आज भदौ ७ गते हामी सबै त्यो २०७२ को भदौ सात गते सम्झिन र स्मरण गर्न चाहन्छौँ ,,मानवीय क्षतिमा परी ज्यान आहुति दिएका सबैलाई हृदय देखि सम्झिन चाहन्छौँ’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘सबैभन्दा बढी सम्झना त्यो अवरोध प्यारो बाबुको छ हृदयमा, एक आमा भएको नाताले पनि म भित्र मातृत्व भाव बढी भएर होला म त्यो बाबुमा आफ्नो एक मात्र छोरा प्यारो आभूषण देख्छु । त्यो घटना राजनीतिक आन्दोलन थियो र नहुनु पर्ने भयो तर बिना प्रमाण निर्दोष थारु थुनिए ।’

उनले घटना कहिल्यै नदोहोरायोस् भन्ने कामना पनि गरेकी छन् । ‘कहिले पनि भुल्न नसक्ने त्यो भाद्र ७ अब कहिल्यै पनि नदोहोरायोस्’ उनले लेखेकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रदेश संरचना हटाउन सकिन्न : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । काँग्रेसको …

प्रतिकृया दिनुहॊस