दामोदरकुण्ड पुगेकी सांसद बिरामी

काठमाडौं । मुस्ताङस्थित दामोदरकुण्ड घुम्न पगेकी गण्डकी प्रदेशकी सांसद विमला गौचन बिरामी परेकी छिन् । गौचन बिरामी परेको सूचना आएपछि उद्धारका लागि सेनाको टोली पठाइएको छ ।

सैनिक प्रवक्ता एवं सहायक रथी गौरबकुमार केसीका अनुसार सांसद गौचनलाई पैदल नै रेस्क्यू गरेर ल्याइँदैछ । उद्धार गर्न हेलिकप्टरबाट सम्भव नभएपछि सेनाको टोली पैदलै दामोदरकुण्ड जाँदै गरेको जानकारी केसीले दिए ।

मुस्ताङ ल्याएपछि उनको स्वास्थ्य अवस्थाअनुसार अगाडि बढ्ने केसीले बताए । मुस्ताङ अवलोकन गर्न निस्किएकी सांसद गौचन भदौ २ गते दामोदरकुण्ड पुगेकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री